कला

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ। 

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार डा. देवीप्रसाद सुवेदीको मनु, ​सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य उत्कृष्ट पाँचमा परेका हुन्।

दोस्रो चरणमा १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको हो। अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ। 

पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए।​

गाउँ सहर संवाददाता

तपाईँको मत