अर्थतन्त्र
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट दिनेबारे सम्झौता
- गाउँ सहर संवाददाता
- ७ भदौ बिहीबार, २०८० | १७:३१:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट दिनेबारे सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरले अस्पतालमा उपचार गर्दा छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरे ।
बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहक तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपीडी सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवालगायतको अन्य उपचारमा छुट दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
- तेस्रो लगानी सम्मेलन सुरू
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
प्रतिकृया दिनुहोस