गाउँ सहर

नेशनल प्याब्सन काठमाडौंको सचिवमा सेढाईंको उम्मेदवारी

काठमाडाैं । भाद्र २६ गते हुन गईरहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को ८ औं जिल्ला अधिवेशनमा जिल्ला सचिव पदको उम्मेदवारी पिपल्स एकेडेमी सीतापाईलाका प्रिन्सीपल रामवावु सेढाईले घोषणा गरेका छन् । 

सातौं अधिवेशनबाट सह-सचिव पदमा निर्वाचित सढाई विभिन्न संघ- संस्थामा आवद्ध भई कार्य गरिरहेका छन् । धार्मिक एवं सामाजिक व्यक्तित्व सेढाई नेशनल प्याब्सन नागार्जुनका संस्थापक अध्यक्ष पनि हुन् ।

Centre for Academic Development (CAD, Nepal) का पूर्व अध्यक्ष सेढाई श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल काठमाण्डौ जिल्ला अध्यक्ष पनि हुन् ।

विगत १७ बर्ष देखि नेशनल प्याबसनका विभिन्न पदमा बसी कार्य गर्नु भएका रामवावु सेढाई अति शालिन भद्र व्यक्ति भनेर चिनिन्छन् । समाजमा व्याप्त शैक्षिक अराजकता, विद्यार्थीहरूमा घट्दै गईरहेको नैतिकता आचरणमा सुधार गर्दै संस्थागत विद्यालयहरूलाई व्यवस्थित र राष्ट्र प्रति इमान्दार भई बढ्न र बढाउन पनि उनको उम्मेदवारी आवश्यक रहेको भन्दै आफूलाई सचिव पदमा जिताउन अपिल गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत