कृषि

कृषिगणना २०७८ का खास कुरा के छन् ? ५४ दशमलव पाँच प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय कृषिगणना २०७८ को नतिजा सार्वजनिक गरेको छ ।

कृषिगणना, २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार सात सय ८९ कृषक परिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना, २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार छ सय ३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको थियो ।

कार्यालयले विसं २०१८ देखि हरेक १०–१० वर्षमा कृषिगणना गर्दै आएको छ । कार्यालयले २०७८ साल चैत १ गतेदेखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ गतेसम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलनकार्य सम्पन्न गरेको थियो ।

तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यसहित ‘कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ सञ्चालित यो राष्ट्रिय कृषिगणना, २०७८ सङ्घीयतापछिको पहिलो कृषिगणना हो ।

यसैगरी यस कृषिगणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । पछिल्लो जनगणनाअनुसार मुलुकमा जम्मा घरपरिवारको सङ्ख्या ६६ लाख ६६ हजार रहेको छ ।

कृषिगणना, २०७८ अनुसार कृषक परिवारले १२ लाख नौ हजार दुई सय ६५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ । यी कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४ दशमलव पाँच प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ । तर अघिल्लो कृषिगणनामा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशतमात्र थियो ।

कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको थियो ।

कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाईएको छ भने अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।

यो कृषिगणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखाएको छ । अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः १ करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।

कृषिगणना २०७८ अनुसार कृषक परिवारले १२ लाख ९ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुबिधा लिएको देखिएको छ । यी कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुबिधा उपयोग भएको देखिन्छ। तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाई सुबिधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । 

यसरी नै यो गणनाका अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो । यसरी नै सिंचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाई सुबिधा उपयोग भएको जग्गाको क्षेत्रफल ८ लाख ७९ हजार ५७० हेक्टर (७२.७ प्रतिशत) रहेको यो गणनाले औंल्याएको छ ।

विगतका गणनाहरुमा जस्तै यस गणनामा पनि सवैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली (२५ लाख ८६ हजार १८३ हेक्टर) लगाएको पाईएको छ भने अन्य बालीहरुमा क्रमशः कोसे–दाल बाली (१ लाख ९९ हजार ८४४.८ हेक्टर), तेल बाली (१ लाख ८० हजार १४१.१ हेक्टर), तरकारी बाली (१ लाख ७ हजार ७३३.८ हेक्टर), कन्दमुल बाली (१ लाख ४ हजार ७३७.८ हेक्टर), मसला बाली (५६ हजार ८९३.५ हेक्टर) र नगदे बाली (४४ हजार ६०९.३ हेक्टर) रहेको पाईएको छ ।

कृषिगणना २०७८ अनुसार धान बाली लागेको क्षेत्रफल १२ लाख १६ हजार ३८७.७ हेक्टर, मकैको क्षेत्रफल ५ लाख ५९ हजार ९०९.३ हेक्टर र गहुँको क्षेत्रफल ६ लाख ५४ हजार १९४.३ हेक्टर हुन आएको देखिन्छ ।

कृषिगणना २०७८ अनुसार बाली सघनता दर १.९१ देखिएको छ । यो सूचकले नेपालमा कृषकहरुले बर्षमा सरदर दुई बाली लगाउने गरेको ईंकित गरेको छ । गत कृषिगणना २०५८ र २०६८ मा यो दर क्रमशः १.८३ र १.८५ देखिएको थियो ।

स्थायी बालीमा बगैंचाको रुपमा लगाईएको आँपको क्षेत्रफल १९ हजार ७८१.७ हेक्टर, केराको क्षेत्रफल ७ हजार ८९८.२ हेक्टर र सुन्तलाको क्षेत्रफल ६ हजार ५४५.३ हेक्टर, कागतीको क्षेत्रफल २ हजार ८०६.९ हेक्टर र स्याउको क्षेत्रफल ३ हजार ८०.२ हेक्टर हुन आएको देखिन्छ । यी सबै फलफुल बालीहरुको क्षेत्रफल गत कृषिगणनाको भन्दा बढेको देखिएको छ ।

नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८५७ बाट बढेर ३४ लाख ५ हजार ०१४ हुन लाख, राँगाभैंसीको संख्या करिव २९ लाख, पुगेका छन् भने गाईगोरुको संख्या करिव ४६ बाख्रा–खसी–बोका–च्याङ्ग्राको संख्या करिव १ करोड ४२ लाख, सँगुर–वंगुर–बदेलको संख्या करिव १४ लाख, कुखुराको संख्या करिव ४ करोड ५१ लाख हुन आएको देखिन्छ। यो गणनाले उन्नत गाई र भैंसीको संख्यामा उल्लेखीय बृद्धि भएको देखाएको छ ।

कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ । यसैगरी सन्दर्भ अवधिमा ४ लाख ७१ हजार २६० कृषक परिवारले कृषिकार्यकालागि पावरट्रिलर प्रयोग गरेको र १ लाख १७ हजार ९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ । 

यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखीय रुपमा गिरावट आएर ८ लाख ५६ हजार २८३ बाट ५ लाख ९ हजार ८२५ वटा हुन पुगेको देखिन्छ । कृषिगणना २०७८ ले ४२ हजार ८ कृषक परिवारले ४८ हजार ७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ । यसरी माछापालन गरिएका पोखरीहरुको कूल क्षेत्रफल १० हजार ३८३ हेक्टर रहेको समेत यो गणनाले औंल्याएको छ । अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको संख्या १७ हजार १९१, पोखरीको संख्या २१ हजार २७७ र पोखरीको जम्मा क्षेत्रफल २ हजार ५१९.७ हेक्टर देखाएको थियो ।

यो गणनाको प्राप्त नतिजाले १७ हजार ५५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ ।

गणनाको प्राप्त नतिजाअनुसार १ लाख ९६ हजार ८५४ कृषक परिवारले ५ लाख १० हजार ४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ । अघिल्लो कृषिगणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १ लाख २४ हजार १५० पाईएको थियो ।

यो गणनाको प्राप्त नतिजाले १० हजार ३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती–नर्सरीखेती गरेको देखाएको छ ।

कृषिगणना २०७८ अनुसार ४ लाख ८३ हजार २०८ (१.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरु ८ लाख ३५ हजार ९२१ (२१.८) प्रतिशतं रहेको देखिएको थियो ।

कृषिगणना २०७८ अनुसार १ लाख ८२ हजार ४४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् भने यसरी बीमा गरेकामध्ये सवैभन्दा बढी १ लाख ५३ हजार ९६२ (८४.४ प्रतिशत) कृषक परिवारले पशुपालन कार्यको  लागि बीमा गरेको बताएका छन् ।

यस गणनाबाट प्राप्त नतिजाअनुसार ३ लाख ८ हजार ५१२ (७.५ प्रतिशत) कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएकामध्ये सवैभन्दा बढी १ लाख ४२ हजार ५७६ (४६.२ प्रतिशतं कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन्।

यो गणनाका अनुसार ९७ हजार १७४ कृषक परिवारले ४ हजार ६५९.२ हेक्टर जग्गामा हरितगृह–टनेल पद्धतिबाट खेती गरेको पाइएको छ ।

कृषिगणना २०६८ अनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला रहेका थिए भने कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको देखिन्छ ।

यो कृषिगणनाको प्राप्त नतिजाअनुसार कृषक परिवारमा अक्सर बसोबास गर्ने जम्मा जनसंख्या १ करोड ९४ लाख ४७ हजार ९५५ रहेको छ । यी कृषक परिवार जनसंख्यामध्ये महिला ९९ लाख ४ हजार १३० (५०.९ प्रतिशत) र पुरुष ९५ लाख ४३ हजार ८२५ (४९.१ प्रतिशतं देखिन आएका छन्।

यो गणनाले ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य श्रोत कृषिकार्य रहेको देखाएको छ। अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३.१ देखाएको थियो ।

गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए । कृषिगणना २०७८ अनुसार अधिकांश (८८ प्रतिशत) कृषक परिवारको मुख्य कृषि उत्पादनरक्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः तरकारी बाली (६ प्रतिशत) र पशुपालन (३ प्रतिशत) रहेको देखिन्छ ।

यस गणनाको प्राप्त नतिजाअनुसार आफ्नो कृषिकार्यबाट भएको सवै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८.८ प्रतिशत, सबै विक्रीको लागि हो भनि बताउने १.१ प्रतिशत, मुख्यत घरायसी उपभोग र केहि बिक्रीको लागि हो भनी बताउने २४.७ प्रतिशत र मुख्यत बिक्री र केहि घरायसी उपभोगका लागि हो भनी बताउने ५.४ प्रतिशत रहेको देखिएको छ ।

जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन्। अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत