खेल

यस्ताे छ नेपाल क्रिकेट संघ (क्यान) हाक्ने नयाँ कार्यसमिति

काठमाडौं । चतुरबहादुर चन्दको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न साधारण सभाले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

क्यानको उपाध्यक्ष रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए ।

अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएका थिए भने एक सचिव र १० केन्द्रीय सदस्य चुनावबाट निर्वाचित भएका हुन् ।

सचिवमा पारस खड्काले जित हासिल गरेका छन् । प्रशान्तविक्रम मल्ललाई ११ मतले हराउँदै उनी सचिव निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्टको मात्र उम्मेदवारी परेको थियो । उनी निर्विरोध भइन् । यसै गरी, लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी पनि निर्विरोध केन्द्रीय सदस्य भए ।

बाँकी प्रदेशमा कोशीबाट अर्जुन पौडेलले जितेका छन् । उनले सुनिल कुमार पौडेललाई १३ मतले पछि पारे ।

मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ । उनीहरूले ४२/४२ भोट ल्याएका हुन् ।  उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए ।

बाग्मतीबाट दिवाकर घले निर्वाचित भएका छन् । उनले ४६ भोट ल्याउँदा प्रतिस्पर्धी सुदीप पिया ३६ मा रोकिए ।

गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत मात्र ल्याए ।

सुदूरपश्चिममा विक्रम विष्ट २९ मतका साथ विजयी भएका छन् । प्रतिस्पर्धी हरि रेग्मीले ३१ मत ल्याए ।

खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् । साउदले सर्वाधिक ५९ र पाठकले ५४ मत ल्याए । यस्तै आयूषको ५१ र चन्दको ३४ मत आएको छ ।

पाचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६/२६ मत आएको छ । उनीहरूमध्ये गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।

सचिव

१ प्रशान्त विक्रम मल्ल ३७

२ पारश खडका ४८

कोशी

१ अर्जुन पौडेल ४६

२ सुनिल कुमार पौडेल ३४

मधेश

१ माधव कुमार कर्माचार्य ४२

२ मोहम्मद दाउद अन्सारी ४२

बागमती

१ दिवाकर घले ४६

२ सुदिप पिया ३६

गण्डकी

१ देवेन्द्र प्रजु २८

२ सुदिप शर्मा ५२

सुदूरपश्चिम

१ बिक्रम विष्ट ४९

२ हरि रेग्मी ३१

खुला

१ धिरेन्द्र सावद ५९

२ नरेश राणा १४

३ कृष्ण प्रसाद श्रेष्ठ २५

४ बिरेन्द्र बहादुर चन्द ३४

५ सुनिल कार्की २०

६ कैलाश विष्ट १३

७ सुनिल सिंह हमाल १८

८ आयुष श्रेष्ठ ५१

९ प्रकाश गैरे ७

१० प्रकाश पौडेल २३

११ करन महत्रा क्षेत्री २६

१२ ऋषिराम गौतम २६

१३ दुर्गाराज पाठक ५४

गाउँ सहर संवाददाता

तपाईँको मत