शेयरबजारमा सामान्य अंककाे वृद्धि
- गाउँ सहर संवाददाता
- १५ असोज सोमबार, २०८० | १५:१९:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५.१९ अंकले बढेर एक हजार ९ सय ७६ दशमलब २९ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १६३ कम्पनीको शेयरमूल्य बढेको छ भने ६४ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, सयपत्रि हाइड्रोपावर लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
आज पिुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज २१ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस