दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- गाउँ सहर संवाददाता
- २५ बैशाख बिहीबार, २०८२ | १६:११:०० मा प्रकाशित

काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजार साढे १२ अंकले घटेको छ । दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार बन्द हुने समयमा दोहोरो अंकले घटेर बन्द भएको हो ।
बिहीबार नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा झरेकोे छ । आज नेप्से सूचक घटेपनि कारोबार रकम पनि बढेको छ । बिहीबार २४६ कम्पनीको तीन करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर ११ अर्ब ६५ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । बुधबारको बजारमा १० अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।
१३ उपसमूहमध्ये छ वटा उपसमूहको परिसूचक बढेका छन् । यस दिन फाइनान्स समूह सर्वाधिक बढेको छ । यस समूह ४.३० प्रतिशतले बढेको छ । त्यसैगरी, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुएल फन्ड समूहको सूचक बढेको हो । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन समूह, लगानी, माईक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार उप सूचक घटेको छ ।
यस दिन पाँच वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाईड्रोपावर, ओम मेगाश्री फर्मास्यूटिकल्स र आइसीएफसी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । कारोबारमा आएका कम्पनीहरु मध्येमा सबै भन्दा धेरै मूल्य घट्नेमा सिन्धु विकास बैंक रहेको छ । उक्त कम्पनीको शेयर मूल्य ४.१५ प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सानिमा माई हाईड्रो पावर कम्पनीको ६५ करोड ४९ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
- साउन १५ खिर खाएर मनाइँने परम्परा
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
प्रतिकृया दिनुहोस