गाउँ सहर

सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राति एक जनाको मृत्यु भएको छ ।

करेन्ट लाग्दा ५० वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत