गाउँ सहर

हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...

गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूका परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको हो ।  वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा उनीहरुलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

उनीहरु हायु परिवारका सदस्य र नातेदार भएको प्रहरीको भनाइ छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थातथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिलासहित उनका परिवारका १६ सदस्य पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए । 

गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थातथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिलासहित उनका परिवारका १६ सदस्य पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको थियाे ।

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरीले जनाएकाे छ । 

कसरी पुगे पोखरा? कसरी भेटिए?

सोमबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बिखर कटेरी छेड्पा बस्ने उर्मिला हायुलगायत परिवारका १६ जना सम्पर्कविहीन भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट उनीहरूको खोजीका लागि टोली परिचालन भएको थियो।

प्रहरी अनुसन्धानका क्रममा सिन्धुली तीनपाटन गाउँपालिका-३ बस्ने नवीन विकले हायु परिवारलाई गोलन्जोरस्थित बलेनी भन्ने ठाउँबाट शनिबार बिहान १ बजे मधेश प्रदेश ०४–००१ज. ००८१ नम्बरको ईभी भ्यानमा राखी खनियाँखर्क-सिन्धुली-हेटौँडा-मुग्लिन हुँदै पोखरास्थित लेकसाइडको होटल जननीमा पुर्‍याएको पत्ता लागेको थियो।

विकले हायु परिवारलाई आफूले सोही होटलमा छाडेको जानकारी दिएको जिल्ला प्रहरी कार्यायल सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विकले दिएको सूचनामा प्रहरीले होटल जननीमा सम्पर्क गरेको थियो।

होटल सञ्चालकले हायु परिवार १० गते राति होटल जननीमा बसेको र भोलिपल्ट होटल चेक आउट गरी हिँडेको भनी जानकारी प्रहरीलाई दिएका थिए। यस क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी खोजतलास गरिएको सुवेदीले बताएका छन्। सोमबार राति ९ः२० बजे पोखरा महानगरपालिका-३० स्थित सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा चारजना भेटिएको सुवेदीले बताए।

भेटिएका परिवारका सदस्यहरू

उर्मिला हायु
कमला हायु
कोमलमाया हायु
उषा हायु
अस्मिता हायु
शान्ता हायु
राजु हायु
हिमाल हायु
लालबहादुर हायु
बेगहादुर हायु
लक्की हायु
सुवर्ण हायु
ओमकुमारी हायु
अर्जुन हायु
रियासा हायु र पूर्ण हायु

गाउँ सहर संवाददाता

तपाईँको मत