अर्थतन्त्र

नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा

काठमाडौँ । मङ्गलवार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ३०.७६ अङ्क बढेर ३००२.०७ विन्दुमा पुगेको छ । यो करिब ४ वर्ष यताकै उच्च विन्दु हो । यस अघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा बन्द भएको थियो । सोपश्चात आज नै नेप्सेको उच्च विन्दु हो । सेन्सेटिभ इण्डेक्स ३.६६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.९७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अङ्क बढेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार १९ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको बजारमा ३२१ स्टकको १ लाख ५७ हजार ५२५ पटकको कारोबारमा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ४ करोड १८ लाख ८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत