३९ अंकले बढेकाे सेयर बजारमा कुन कम्पनीले धेरै कमाए र गुमाए ?
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर बुधबार, २०८१ | १५:३६:०० मा प्रकाशित

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि २७५६ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।
२०० कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्सबाहेक सबै सेक्टरका सूचक बढे ।
फाइनान्स समूह ०.४७ प्रतिशत घट्यो । व्यापार समूह सबैभन्दा धेरै ९.२ प्रतिशत बढ्यो । यस समूहमा जम्मा दुई कम्पनी विशाल बजार र साल्ट ट्रेडिङ मात्रै सूचीकृत छन् । आज विशाल बजारको मूल्य १० प्रतिशत बढ्दा समग्र सेक्टरलाई बढी प्रभाव पर्यो ।
विकास बैंक समूह ३.१८ प्रतिशत बढ्यो । बैंकिङ ०.३१, होटल तथा पर्यटन १.४४, हाइड्रोपावर १.६७, लगानी ०.७९, जीवन बीमा २.८१, उत्पादन ०.६३, माइक्रोफाइनान्स ०.९६, निर्जीवन बीमा १.१८ र अन्य समूह ०.५६ प्रतिशत बढे ।
९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र सुपर मादी हाइड्रोपावर मूल्य १० प्रतिशत बढ्यो ।
मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ६.७७, थ्रीस्टार हाइड्रोपावरको ६.५२, जानाकी फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, नेपाल फाइनान्स, सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस