इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- गाउँ सहर संवाददाता
- २२ असोज बिहीबार, २०८३ | २१:४१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग योजना प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपालीको कोसेलीका रूपमा प्रेमिल गीत ‘साक्षी राखी माया मेरो’ सार्वजनिक भएको छ।
सुजाता केसी र सविन सुवेदीको युगल स्वरमा रहेको गीतको म्युजिक भिडियोमा कुबेर नेपाली र कलाकार तथा मोडल झरना रिसाललाई प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ। कर्णाली क्षेत्र आसपासका रमणीय तथा प्राकृतिक दृश्यमा छायांकन गरिएको भिडियोमा प्रेम, सम्बन्ध र भावनालाई प्राकृतिक सौन्दर्यसँग जोडेर प्रस्तुत गरिएको छ।
गजेन्द्र रञ्जितको शब्दरचना रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत छ। एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक गरिएको भिडियोमा कुबेर नेपाली र झरना रिसालको अभिनयले गीतको प्रेमिल भावनालाई थप जीवन्त बनाएको छ।
कर्णालीका मनोरम भू–दृश्यलाई प्रेमकथाको पृष्ठभूमिका रूपमा प्रस्तुत गरिएको भिडियोमा प्राकृतिक सौन्दर्य, प्रेम र भावनात्मक सम्बन्धको संयोजन देख्न सकिन्छ। निर्माण पक्षले गीतको भावअनुसार प्राकृतिक परिवेशलाई भिडियोको महत्वपूर्ण पक्षका रूपमा समेटिएको जनाएको छ।
‘साक्षी राखी माया मेरो’ कुबेर नेपालीको सिर्जनात्मक कोसेलीका रूपमा दर्शकमाझ आएको प्रेमिल गीत हो।
पुरा भिडियाे
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
- कांग्रेस महाधिवेशन : नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदै
प्रतिकृया दिनुहोस