कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- गाउँ सहर संवाददाता
- २१ असोज बुधबार, २०८३ | ०७:००:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा गरी ८१८ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये पदाधिकारीतर्फ ७९ र केन्द्रीय सदस्यतर्फ ७३९ जनाले उम्मेदवारी दिएका छन् ।
सभापतिमा ३, वरिष्ठ उपसभापतिमा १, उपसभापतिमा १५, महामन्त्रीमा ११ र सहमहामन्त्रीमा ४९ जनाको उम्मेदवारी परेको छ ।
केन्द्रीय सदस्यतर्फ खुला ९२, महिला खुला ३१, आदिवासी जनजाति ७६, दलित ५४, मधेशी ४२, खसआर्य ६८, थारू १७, मुस्लिम २३ र पिछडिएको क्षेत्रबाट ८ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, अल्पसंख्यक तथा अपांगता समूहमा १९, प्रदेशगत समूहमा १९४, नेपाली जनसम्पर्क समितिबाट ३६, श्रमिकबाट ९, पेशागत तथा विषयगत क्षेत्रबाट ४४ र काठमाडौं उपत्यकाबाट ६ जनाको उम्मेदवारी परेको छ । प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारका तर्फबाट १८ जनाले उम्मेदवारी दिएका छन् ।
महाधिवेशनमा ३५ वर्षमुनिका युवाका लागि छुट्याइएका केन्द्रीय सदस्य पदमा मात्रै ९१ जनाको उम्मेदवारी परेको छ ।
यस्तो छ उम्मेदवारहरूको प्रथम नामावली
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
- कांग्रेस महाधिवेशन : नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदै
- देउवाका लागि कुर्सी खाली राखे पनि आउनुभएन : सभापति थापा
- कांग्रेस महाधिवेशनलाई जेनजी अगुवा हमालले यसरी दिए शुभकामना
- कांग्रेस सहमहामन्त्रीमा ओमबहादुर घर्तीमगरको उम्मेदवारी घोषणा
- दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
प्रतिकृया दिनुहोस