कांग्रेस महाधिवेशनलाई जेनजी अगुवा हमालले यसरी दिए शुभकामना
- गाउँ सहर संवाददाता
- १८ असोज आइतबार, २०८३ | १४:२३:०० मा प्रकाशित
काठमाडौँ। जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा सफल होस् भन्दै सभापति थापासहित सम्पूर्ण कांग्रेसजनमा शुभकामना दिएका हुन्।
हमालले महाधिवेशनले पार्टीभित्र युवाहरूको वर्चस्व कायम गर्नुपर्ने तथा मुलुकलाई वर्तमान संवैधानिक र अर्थ–राजनीतिक संकटबाट बाहिर निकाल्ने स्पष्ट संकल्प र नीति पारित गर्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्य रूपमा सफल होस्। सभापति गगन थापाज्यू लगायत सम्पूर्ण कांग्रेसजनमा शुभकामना। महाधिवेशनले युवाहरूको वर्चस्व कायम गरोस्, संवैधानिक र अर्थ राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्ने संकल्प र नीति पास गरोस्।”
हमालले पछिल्लो समय राजनीतिक दलहरूको आन्तरिक रूपान्तरणसँगै देशको संवैधानिक तथा आर्थिक–राजनीतिक संकट समाधानका लागि नयाँ पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको बताउँदै आएका छन्।
कांग्रेसको महाधिवेशनलाई उनले युवाको नेतृत्व र वर्तमान राजनीतिक संकटको समाधानका लागि पार्टीले स्पष्ट नीति तथा संकल्प अघि बढाउने अवसरका रूपमा जोड दिएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देउवाका लागि कुर्सी खाली राखे पनि आउनुभएन : सभापति थापा
- कांग्रेस सहमहामन्त्रीमा ओमबहादुर घर्तीमगरको उम्मेदवारी घोषणा
- दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
- कांग्रेसको १५औँ महाधिवेशन आज
- ऐतिहासिक खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ५० हजार युवा नेतृत्वमा आउँदै
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
प्रतिकृया दिनुहोस