दिगोविकास

सोमबारदेखि मौसममा सुधार आउने

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशका धेरै भागमा वर्षा जारी रहनेछ। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ।

आइतबार पनि ती प्रदेशमा वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्नेछ। सोमबारदेखि भने वर्षाको मात्रा घट्दै मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ।

भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो र भू–क्षयको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत