वातावरण
भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- गाउँ सहर संवाददाता
- ८ असोज बिहीबार, २०८३ | १८:४१:०० मा प्रकाशित
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको जनाएको छ।
बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्र हाल भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशा आसपास रहेको छ। यसको प्रभावले आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मधेससहित तराईका केही क्षेत्रमा तीव्र हावाहुरी समेत चल्न सक्ने अनुमान छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्क रहन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित हेर्न आग्रह गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
- भारी वर्षाको जोखिम : अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिकृया दिनुहोस