राजनीति

एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी

ललितपुर । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनित गरेको छ।

असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले सात जना स्थायी कमिटी सदस्य चयन गर्नुका साथै २० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको एमालेले जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत