विद्युत
ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- गाउँ सहर संवाददाता
- ९ असोज शुक्रबार, २०८३ | १८:५४:०० मा प्रकाशित
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले कानुनसम्मत रूपमा निर्माण भइरहेका जलविद्युत् तथा ऊर्जा आयोजनामा पार्टीसम्बद्ध स्थानीय तह वा कार्यकर्ताले अवरोध गरे कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
इप्पानसँगको छलफलमा थापाले राजनीतिक पहुँचका आधारमा आयोजना रोक्ने, दबाब दिने वा अनावश्यक दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। उनले यस्ता समस्या भए पार्टीको संस्थागत संयन्त्रमा उजुरी गर्न सकिने र दोषी देखिए कारबाही गरिने स्पष्ट पारे।
इप्पानका पदाधिकारीहरूले भने स्थानीय समुदायका नाममा अस्वाभाविक माग, निर्माण सामग्री ढुवानीमा अवरोध तथा राजनीतिक दबाबका कारण आयोजना निर्माणमा समस्या भइरहेको गुनासो गरेका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
- भारी वर्षाको जोखिम : अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिकृया दिनुहोस