वातावरण

सप्तकोशी ब्यारेजकाे ५६ वटै ढोका खोलियो, सर्वसाधारणलाई सतर्क रहन आग्रह

काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएको छ।

आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै सबै ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। पानी तीन लाख क्युसेकभन्दा बढी पुगेसँगै ब्यारेजका ढोका खोल्न लगाएको उनले बताइन्। 

‘हामी राति १२ बजे अनुगमनका लागि पुगेका थियौँ’, उनले भनिन्, पानी खतराको तहभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको छ।’ यससँगै सप्तकोशी आसपासका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

तर अहिलेसम्म क्षतिको विवरण नआएको खतराको तह घट्दै जाने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्। पानीको सतह बिहान ९ बजेसम्म‍मा घट्दै जाने जानकारी पाएको उनले बताइन्।

सप्तकोशी नदी स्थित कोशी नदीमा बिहान ४ बजे ४ लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ ।

बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यसेक पानी प्रति सकेकेण्ड बगेको रेकर्ड छ ।

कोशी व्यारेजमा पानीको मात्रा बढेपछि व्यारेज हुँदै आवत जावत बन्द गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत