ऐतिहासिक खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ५० हजार युवा नेतृत्वमा आउँदै
- गाउँ सहर संवाददाता
- १७ असोज शनिबार, २०८३ | १६:१०:०० मा प्रकाशित
काठमाडाैँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार दिउँसो काठमाडाैँको ऐतिहासिक खुलामञ्चमा भव्य रूपमा उद्घाटन हुँदैछ र यसको सम्पूर्ण तयारी पूरा भएको छ।
शनिबार पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनपछिको यो १५औँ महाधिवेशनलाई ऐतिहासिक बताएका छन्। यो महाधिवेशन बीपी कोइरालाले निर्वासनबाट फर्किएपछि पहिलो सम्बोधन गरेको र २०४६ सालको जनआन्दोलनको सफलता घोषणा गरिएको ऐतिहासिक स्थल टुँडिखेलमा हुन लागेको हो।
यस महाधिवेशनमा निर्वाचन प्रक्रियामार्फत करिब ५० हजार युवा विभिन्न जिम्मेवारीमा आएका छन् भने सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। कांग्रेसले यसपटक ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक, पेशागत समूह र विदेशमा रहेका नेपालीहरूलाई पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिने निर्णय गरेको छ।
‘नयाँ कांग्रेस, नयाँ संकल्प’ भन्ने मूल मन्त्र तय गरिएको यो महाधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित नरही लोकतन्त्रलाई नयाँ पुस्तासँग जोड्ने, सुशासनलाई राज्यको संस्कार बनाउने र युवालाई भविष्यप्रति आशावादी बनाउने राष्ट्रिय संकल्पसहित अघि बढाइएको छ। साथै, बीपी कोइरालाको विचारलाई देशको समृद्धिको वैचारिक आधार बनाउँदै कांग्रेसले बीपीलाई इतिहासबाट भविष्यसँग जोड्ने प्रवक्ता चालिसेले बताएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको १५औँ महाधिवेशन आज
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
प्रतिकृया दिनुहोस