बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढ्याे
- गाउँ सहर संवाददाता
- १४ जेठ बुधबार, २०८२ | १५:४४:०० मा प्रकाशित

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।
समग्र नेप्से ०.६१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।
बैंकिङका अलवा विकास बैंक १.२९, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.८१, हाइड्रोपावर ०.८९, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत बढे । जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.२६ तथा अन्य समूह ०.०६ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९.८५, भूगोल इनर्जीको ९.१५, अरुण काबेली पावरको ५.८९ प्रतिशत मूल्य बढ्यो ।
मूल्य धेरै घट्नेमा बाराही हाइड्रोपावर छ । सो कम्पनीको ५.२६ प्रतिशत मूल्य घट्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.१०, नेपाल माइक्रो इन्स्योरेन्सको ४.०८ तथा दिव्यश्वरी हाइड्रोपावरको ३.९१ प्रतिशत घट्यो ।
रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर र कुमारी बैंक छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साउन १५ खिर खाएर मनाइँने परम्परा
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
प्रतिकृया दिनुहोस