नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- गाउँ सहर संवाददाता
- १३ श्रावण मंगलबार, २०८२ | २०:३३:०० मा प्रकाशित

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले बताएकाे छ । हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ ।
निर्माण कम्पनीले आगामी कात्तिक ७ गतेसम्ममा आयोजना हस्तान्तरण गर्ने लक्ष्य राखे पनि सुरुङ सञ्चालनका लागि आवश्यक तालिम, परीक्षण र सुरुङ हस्तान्तरण प्रक्रियाका लागि थप दुई–तीन महिना लाग्ने आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए ।
निर्देशक नेपालका अनुसार- ‘सुरुङ सञ्चालनका लागि तालिम सञ्चालन गर्नुपर्छ । तालिम दिनुपर्ने, ह्यान्डओभर हस्तान्तरण प्रक्रिया चाहिँ दुई–तीन महिना जस्तो त्यसलाई समय लाग्छ,’ उनले भने, ‘त्यो पब्लिकलाई कम्प्लिट्ली ओपन हुन चाहिँ, अब पुस–माघ नै लाग्न सक्ने देखिन्छ ।’
हाल सुरुङभित्र जडान भएका उपकरणको परीक्षण, सडक सुरक्षा मार्किङ र अन्तिम चरणका काम भइरहेका छन् । आयोजना निर्देशक नेपालका अनुसार अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । पोर्टल बाहिरको पहिरो नियन्त्रणको काम भइरहेकोमा मनसुनका कारण केही प्रभावित भएको छ ।
‘सोल नेलिङ’ प्रविधिबाट भइरहेको पहिरो नियन्त्रणको काम करिब ७० प्रतिशत सकिएको र मनसुन सकिएपछि बाँकी काम सम्पन्न गरिने आयोजनाले जनाएको छ । आयोजनाको वित्तीय प्रगति ८५ प्रतिशत रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
- आज नागपञ्चमी पर्व, किन टाँसिन्छ त ढोकामा नागको चित्र ?
- धार्मिक पर्यटकीय क्षेत्र साधुहोलीमा विपीको सम्झना
- एक अर्ब राजश्व सङ्कलन गर्याे यातायात कार्यालय झापाले
- वीरगञ्ज नाकाबाट १५ अर्ब १३ करोडको धान–चामल आयात
प्रतिकृया दिनुहोस