हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- गाउँ सहर संवाददाता
- १३ श्रावण मंगलबार, २०८२ | १६:३६:०० मा प्रकाशित

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विगतमा गठन गरिएका भूमि आयोगहरूले अपेक्षित अधिकार नपाउँदा काम प्रभावकारी हुन नसकेको स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अधिकारी यस्तो बताएका हुन् । सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कुरामा भएको कानूनी अड्चन फुकाउन ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ ।
भूमिहिनहरुको वर्गीकरणको अधिकार स्थानीय सरकारलाई भएको उल्लेख गर्दै पालिकाले गर्ने वर्गीकरणका आधामा जग्गा उपलब्ध गराउने विषयमा सरकार स्पष्ट रहेको मन्त्री अधिकारीको भनाइ छ । कुनै पालिकाले भूमिहिनहरुको वर्गीकरण गरेर नपठाएको अवस्थामा त्यस्तो पालिकामा काम गर्न नसकिने उनले बताए ।
उनले हदबन्दीभन्दा बढी जग्गा भएका कम्पनीहरुको नाममा रहेको जग्गा स्वतः सरकारको नाममा आउने स्पष्ट पारे । हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
- आज नागपञ्चमी पर्व, किन टाँसिन्छ त ढोकामा नागको चित्र ?
- धार्मिक पर्यटकीय क्षेत्र साधुहोलीमा विपीको सम्झना
- एक अर्ब राजश्व सङ्कलन गर्याे यातायात कार्यालय झापाले
- वीरगञ्ज नाकाबाट १५ अर्ब १३ करोडको धान–चामल आयात
प्रतिकृया दिनुहोस