३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- गाउँ सहर संवाददाता
- १४ श्रावण बुधबार, २०८२ | १५:४७:०० मा प्रकाशित

काठमाडौं । निरन्तर उकालाे लागिरहेकाे शेयरबजार नेप्से परिसूचक ३ अंक पुगेर फर्किएकाे छ । बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ ।
कारोबार सुरु भएपछि प्रायः घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको भयो ।
२३ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशत बढ्यो । दुई शक्तिशाली कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य बढ्दा यो समूह हरियो रह्यो ।
बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादन तथा प्रशोधन १.३२, माइक्रोफाइनान्स ३.२८, निर्जीवन बीमा १.५४ तथा व्यापार १.७२ प्रतिशत घटे ।
दुई कम्पनी सान्भी इनर्जी र ट्रेड टावरको मूल्य १० प्रतिशत बढ्यो । सूचीकृत भएपछि लगातार बढेको सान्भीको मूल्य प्रतिकित्ता ८४५.९० रुपैयाँ पुगेको छ भने ट्रेड टावरको ९४८.९० रुपैयाँ पुगेको छ ।
समता घरेलु लघुवित्तको ६.७४, सिक्लेस हाइड्रोपावरको ५.१६ तथा भूगोल इनर्जीको ३.८२ प्रतिशत मूल्य बढ्यो ।
ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । त्यस्तै कालिका पावरको ६, सीवाईसी लघुवित्तको ५.४, नाडेप लघुवित्तको ५.४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
- साउन १५ खिर खाएर मनाइँने परम्परा
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
प्रतिकृया दिनुहोस