प्रविधि

नेपाल टेलिकमकाे चालु आ.व. को प्रथम त्रैमासिक सम्मको खुद मुनाफा रु. २ अर्ब २ करोड ७४ लाख ३२ हजार

काठमाडाैँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ को  प्रथम त्रैमासिकको वित्तीय विवरण लेख सार्वजनिक गरेकाे छ । जसअनुसार उसले साे अवधिमा खुद मुनाफा रु. २ अर्ब २ करोड ७४ लाख ३२ हजार गरेकाे छ ।

यस्ताे छ विवरण
(क)    आय 
१. चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार  रहेको । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को कूल आय  रु. ११ अर्ब ४ करोड ९० हजार को तुलनामा रु. ३९ करोड १२ लाख ९७ हजार (अर्थात् ३.५४ प्रतिशत) ले कमी भएको ।
२. चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल सञ्चालन आय रु. ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको । उक्त रकम गत  आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को कुल सञ्चालन आय रु. ९ अर्ब ७ करोड ७५ लाख ८४ हजारको तुलनामा रु. ४९ करोड २५ लाख २१ हजार (अर्थात, ५.४३ प्रतिशत) ले कमी भएको ।
(ख)    मुनाफा
१. चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको खुद मुनाफा रु. २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को खुद मुनाफा रु. २ अर्ब २२ करोड ५५ लाख ६ हजारको तुलनामा रु. १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको ।
२. कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४५.०५ रहेको ।

(ग) गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेका छन्ः– 

  • सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु. ४९ करोड १४ लाख ८५ हजारले कमी भएको ।
  • आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको । 
  • विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु. ५ करोड ९९ लाख ँयचभष्नल भहअजबलनभ नबष्ल भएको ।
  • प्रतिकुल मौसमका कारण विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसकेको ।
  • विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।
  • राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
  • सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
  • बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १४ करोड ८१ लाखले कमी  भएको ।

गाउँ सहर संवाददाता

तपाईँको मत