गाउँ सहर

निर्माण व्यवसायी महासंघले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

  • १ मङ्सिर शुक्रबार, २०८० | २०:३०:०० मा प्रकाशित

काठमाडौं । निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स (इफाप्का) को अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । 

नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने नाराका साथ इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ देखि ९ गते सम्म काठमाडौंमा हुने जनकारी दिएको हो । 

सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते राष्ट्रपतिले गर्ने र मंसिर ७ गते इफाप्का फोरमको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने महासंघले जनाएको छ । सम्मेलनमा स्वदेशका १ सय २८ र विदेशका २ सय ४२ गरि ४ सय प्रतिनिधिहरु सहभागी हुने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । 

महासंघ अध्यक्ष सिंहले निर्माण क्षेत्रमा विभिन्न देशमा भइरहेका अनुभव आदान प्रदान गर्ने,प्रविधिहरुका विषयमा छलफल हुने जानकारी दिए। सम्मेलनअन्तर्गत फाइनान्स कमिटी मिटिङ, बोर्ड मिटिङ,  गल्फ कार्यक्रम लगायत हुने र नयाँ कार्यसमिति चयन हुने महासंघले जनाएको छ ।

तपाईँको मत