गाउँ सहर

छानिबन प्रतिवेदन : मीन घलेको टीमले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले विमानस्थलबाट मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । केही दिनअघि विमानस्थलबाट १४ किलो सुन फेला परेको थियो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको उक्त छानबिन समितिले सीसीटीभी फुटेज एनालाइसिसका साथै फोनदेखि सामाजिक सञ्जालका मेसेन्जहरुको सम्पूर्ण डिटेलहरू, यस्तै मोबाइल, स्थलगत अनुसन्धानमा रेकर्ड गरिएका भिडियो एवम् अन्य आवश्यक वस्तुहरुलाई पनि आरोपीहरूको लिखित बयान छानबिन गर्दा यति धेरै सुन तस्करी भएको निष्कर्ष समितिले निकालेको हो । 

समितिले घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ । 

मीन घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भनिने दनबहादुर गुरुङलाई प्रयोग गरेको देखिन आएको समितिको ठहर छ ।

विमानस्थलबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरनका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको समितिको भनाइ छ ।

एयरपोर्टबाट बाहिरिएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटार सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्‍याउने गरेको र यो सुन मिनबहादुर र उनका साथी जाने भन्ने जीवन गुरुङले अंकितले भनेको स्थानमा पुर्‍याउने गरेको समितिको ठहर छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत