गाउँ सहर

सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटाैँडामा भेला, अधिकार हस्तान्तरणका केन्द्रमा दबाब दिने तयारी

हेटौंडा । सातै प्रदेशका मुख्यमन्त्रीहरू बागमती प्रदेशको राजधानी हेटौंडामा भेला भएका छन् । केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै दबाब दिन उनीहरू हेटौंडामा भेला भएका हुन् । 

अन्तर प्रदेश मुख्यमन्त्रीहरूको भेला बिहीबारबाट शुरू भएको थियो । उनीहरूको बैठक आज पनि जारी रहनेछ । 

संघीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउनुपर्ने, तीन तहका साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्नेुपर्नेजस्ता विषयमा दबाब दिने उद्देश्यले मुख्यमन्त्रीहरू भेला भएका हुन् । 

अन्तर प्रदेश मुख्यमन्त्रीहरुको बैठकमा विषेश गरी संघीयता कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड र अरु गठबन्धनका प्रमुख नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत