निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान
- गाउँ सहर संवाददाता
- २८ पौष शनिबार, २०८० | १५:०८:०० मा प्रकाशित
काठमाडौं । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।
निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।
सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन् ।
कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ/छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
प्रतिकृया दिनुहोस