दिगोविकास

प्रधानमन्त्रीद्वारा संघीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्  । 

प्रधानमन्त्री निवास बालुवाटामा बिहीबार प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लगायत दलका नेताहरू सहभागी थिए । 

राष्ट्रिय समन्वय परिषद् दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका हुन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत