घटेकाे घटेकै नेप्से, कारोबार रकमसमेत तीन अर्बमा खुम्चियो
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण आइतबार, २०८० | १६:०७:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.८१ अंकले घटेर एक हजार ९ सय ७९ दशमलव ०२ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३८ वटाको बढेको छ भने २०६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४७५६.७० रुपैयाँ पुगेको छ ।
केहि सातायता निरन्तर सकारात्मक सर्किट लागेको समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आइतबार भने नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस