राजनीति

कांग्रेससँगकाे गठबन्धन टुट्याे, माओवादी एमाले, रास्वपालगायत सरकार बनाउन जुट्याे

काठमाडौं । नेपाली कांग्रेसँगकाे सत्ता गठबन्धन फुटेको छ ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले, रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् ।

पाण्डेले आजै सानो मन्त्रिमण्डल बन्ने बताएका छन् ।

'आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद्‌ हुन्छ' पाण्डेले फेसबुकमा लेखेका छन् 'सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ ।'

गएराति अबेरसम्म  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो । 

गठबन्धनमा सङ्कट आएको र प्रधानमन्त्रीले नयाँ समीकरण बनाउन खोजेको चर्चाकाबीच बिहानैदेखि दलहरुको दौडधूप बढेको छ । बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । एमाले, माओवादी र रास्वपा आआफ्ना पार्टीभित्रको आन्तरिक छलफलमा जुटेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत