अर्थतन्त्र

नेप्सेमा तीनपटक सर्किट ब्रेक लागेपछि कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबारको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरुभएसँगै उच्च अंकको वृद्धि भएपछि नेप्सेमा तीन पटकसम्म सर्किट ब्रेक लागेको हो । 

सरकार परिवर्तनको चर्चासँगै नेप्सेमा उछाल देखिएको हो । आजको कारोबारको ११ बजेर ३ मिनेटमा पहिलो, ११ बजेर ३३ मिनेटमा दोस्रो र १२ बजेर ४ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेको हो । निरन्तर सर्किट लागेपछि नेप्सेमा आजको कारोबार बन्द भएको छ । 

आजको कारोबारमा नेप्से ११७.७० अंकले बढेर २ हजार ७८ विन्दुमा पुगेको छ । त्यस्तै, यस अवधिमा ३७ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको छ ।   

पाँच कम्पनीको शेयरमूलय १० प्रतिशतले बढेको छ भने ३६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । २२ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत