पशुपति मन्दिर क्षेत्र वरपर मासु, मदिरा तथा नसालु पदार्थ बेच्न प्रतिबन्ध
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण मंगलबार, २०८० | १०:५९:०० मा प्रकाशित
काठमाडौं । महाशिवरात्री पर्वलाई लक्षित गरेर पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा तथा नसालु पदार्थ बेचबिखन गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा पाँच दिन मासु, मदिरा र अरु नसालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाइएको हो ।
बुधबारदेखि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्यश्वरीदेखि दक्षिणभित्रका सबै भागमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्णरूपमा रोक लगाइएको जनाइएको छ । साथै प्रशासनले महाशिवरात्री पर्वलाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन समेत आग्रह गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस