साफ यू-१६ महिला च्याम्पियनसिपकाे फाइनल पुग्न नेपाल र भारतको खेल्दै
- गाउँ सहर संवाददाता
- २४ फाल्गुण बिहीबार, २०८० | ०९:४६:०० मा प्रकाशित
काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले आज छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ ।
यस खेलमा विजयी हुने फाइनल पुग्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ । त्यसैले घरेलु मैदानमा फाइनल खेल्ने लक्ष्य राखेको नेपालले त्यसका लागि यो खेल जित्नैपर्नेछ ।
दुई खेलबाट नेपाल र भारतको समान तीन अंक छ । दुवैले भुटानलाई पराजित गरेका थिए भने बंगलादेशसँग पराजित भएका थिए ।
नेपाल पहिलो खेलमै बंगलादेशसँग २-० ले पराजित भएको थियो भने त्यसपछि भुटानलाई ३-० ले पराजित गरेको थियो ।
उता भुटानलाई पहिलो खेलमा ७-० ले हराएर सानदार सुरुवात गरेको भारत भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भयो । लगातार दुई खेल जितेको बंगलादेशले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । यस्तै लगातार दुई खेल हारेको भुटान भने फाइनल होडबाट बाहिरिसकेको छ ।
बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । भुटान अंकविहीन हुँदै पुछारमा छ । बंगलादेश र भुटानबीच बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ । त्यसअघि नै बंगलादेशसँग फाइनल खेल्ने अर्को टोलीको टुंगो भने आजै लाग्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
- तेस्रो लगानी सम्मेलन सुरू
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
प्रतिकृया दिनुहोस