राजनीति

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला मनोनित

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनित भएका छन्।

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन्।

 

 

निजी सचिव केशवराज जोशी देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको जानकारी दिए।

गाउँ सहर संवाददाता

तपाईँको मत