गाउँ सहर

राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार : कांग्रेसबाट युवराज शर्मा, माओवादीबाट नारायण दाहाल

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवार चयन गरेको छ।

आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बाँकेका युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

शर्मा यसअघि २०४५ देखि २०४९ सम्म बाँके कांग्रेस सभापति भएका थिए।

पञ्चायतविरोधी आन्दोलनमा होमिएका उनी २०२४ सालमा पहिलोपटक जेल गएका थिए। उनी त्यसपछि  पटक पटक जेल परे।

उता सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

दाहाल माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्।

राष्ट्रिय सभा अध्यक्षको २९ गते चुनाव हुँदैछ।

नयाँ गठबन्धनमा तलमाथि नभए दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित छ।

माओवादी, एमाले, एकीकृत समाजवादी र जसपासँग राष्ट्रिय सभामा ३९ सांसद छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत