आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच चार बुँदे सहमति
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण सोमबार, २०८० | २१:४१:०० मा प्रकाशित
काठमाडौं । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच चार बुँदे सहमति भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएको हो।
आइतबारदेखि सुरु भएको वार्तामा सहमति जुटेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रत स्थगित गर्ने घोषणा गरेको छ । सहमतिपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा मन्त्रालयका सहसचिव एवम् वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिका विषयहरुमा जानकारी दिन र पीडितहरुका माझमा प्रतिबद्धता जनाउन उपप्रधान एवम् गृहमन्त्री लामिछाने पीडितहरु बसिरहेको स्थान भृकुटीमण्डपमा पुगेका छन् ।
माघ १६ गते पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकैदिन पैदल मार्च सुरु गरेका पीडितहरु २३ दिनसम्म निरन्तर पैदलयात्रा गरेर फागुन ९ मा काठमाडौं आइपुगेका थिए । उनीहरुले त्यसयता भृकुटीमण्डपमा त्रिपालमुनि बसेर निरन्तर संघर्ष गरिरहेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस