अर्थतन्त्र

साताकाे अन्तिम दिनपनि सेयर बजार राताम्मे, कारोबार रकम बढ्यो

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । यो साताका लागि अन्तिम कारोबार दिन बिहीबार बजार राताम्मे बनेको हो । बजार १५.३७ अंकले घटेर परिसूचक २०४८.५७ बिन्दु कायम भएको छ ।

३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँको सेयर कारोबार भएको छ । बजार राताम्मे भएपनि कारोबार रकम भने बढेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बजार राताम्मे हुँदा पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै गोर्खाज फाइनान्स, बोटलर्स नेपाल बालाजु, गुँरास लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत