नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- गाउँ सहर संवाददाता
- १६ चैत शुक्रबार, २०८० | १४:३१:०० मा प्रकाशित
काठमाडौं । आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । अन्तिम ४ ओभरमा नेपालले ६५ रन खर्चेको थियो ।
तीव्र गतिका बलर कमल सिंह ऐरीले दोस्रो बलमै विकेट लिएर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । रस अडेरलाई स्लिपमा क्याच आउट गराउँदै कमलले सुखद पुनरागमन गरे । एक वर्षपछि मैदान फर्केका उनले कसिलो बलिङ गरे ।
त्यसपछि केड कार्माइकल र पिटर मुरले ५८ बलमा ८८ रनको आक्रामक साझेदारी गरे । सागरले दशौं ओभरको अन्तिम बलमा केडलाई एलबीडब्लु आउट गरे । उनले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन जोडे ।
त्यसपछि अर्को ओभरमा पिटर अर्धशतकबाट १ रन नपुग्दा बोल्ड भए । आरिफको बलमा आउट हुनुअघि उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
स्टेफन डोहनीले १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रन बनाए । उनलाई कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाएर साथ दिए । दुवैलाई कमल सिंह ऐरीले आउट गरेका थिए ।
ग्यारेथ डेलनीले अन्तिम ३ बलमा लगातार छक्का प्रहार गर्दै १४ बलमा नटआउट ३० रन जोडे । ग्याभिन होए ६ बलमा २ छक्कासहित १८ रनमा नटआउट रहे ।
कमलले ३ विकेट लिए । आरिफ शेख र सागर ढकालको नाममा पनि १-१ विकेट रह्यो ।
नेपालको टोली :
विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी, हेमन्त धामी
बेन्च : विकास आग्री, विपिन खत्री, पवन सर्राफ, नारायण जोशी
आयरल्यान्डको टोली :
निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, पिजे मुर
बेन्च : लियाम मकार्थी, जेम्स मक्कोलम, मोर्गन टपिङ, बेन व्हाइट
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको लक्ष्य
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
प्रतिकृया दिनुहोस