आसिफ र दीपेन्द्रको अर्धशतकमा कतारलाई नेपालकाे विशाल लक्ष्य
- गाउँ सहर संवाददाता
- १ बैशाख शनिबार, २०८१ | १८:०२:०० मा प्रकाशित
काठमाडाैं । एसीसी प्रिमियर कपमा कतारलाई नेपालले २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ। २० ओभरको खेलमा ७ विकेट गुमाउँदै नेपालले कतारसामु २ सय १० रन बनायो।
खेलमा आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालका लागि आसिफ शेखले ५४ रनको सर्वाधिक योगदान दिए।
त्यस्तै, ऐरीले ७ छक्का प्रहार गरे। लगातार ६ वटा छक्का प्रहार गरेका उनले ६४ रनको योगदान दिए।
खेलमा ओपनर ब्याटर शेखले ४१ बलमा ५४ रन बनाएर महम्मद तानवीरबाट क्याच आउट भए।
अर्का ओपनर कुशल भुर्तेल भने १२ रन बनाएर सुरुमै आट भएका थिए। ११ बल खेलेका उनले २ चौकाको मद्दतमा १२ रन बनाएका थिए।
त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेलले १७ बलमा १८ रन बनाएर आउट भए।
त्यस्तै, कुशल मल्लले १८ बल खेल्दै ३ छक्काको मद्दतमा ३५ रन बनाए।
सन्दीप जोरा ६ बलमा ७ रन बनाएर आउट भए। गुल्सन झा ४ बलमा ५ रन बनाएर आउट भए। विवेक यादवले ४ बलमा ५ रन बनाए।
नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ। करन केसीको स्थानमा विवेक यादव टोलीमा छन्।
प्रतिश जिसी, अनिल शाह, करन केसी भने बेन्चमा छन्।
ओमान र युएईले शुक्रबार भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरेका थिए। ओमानले बहराइन विरुद्ध ३ रनले र यएईले कुवेत माथि ७ विकेटको जित निकालेको थियो।
यूएईले भने आज बहराइन माथि जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको समेत छ।
कुवेतले पनि आज कम्बोडिया माथि सहज जित दर्ता गर्यो।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस