राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान

काठमाडाैं । सुदूरपश्चिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको लागि पुनः दाबी पेस गर्न प्रदेश प्रमुखले पुनः आह्वान गरेका छन्।

यसअघिका दुवै दाबी अस्वीकृत गर्दै उनले वैशाख ६ गतेभित्र पुनः दाबी पेस गर्न आह्वान गरेका हुन्।

यसअघि दवै दाबी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदबाट परेका थिए। 

प्रदेश प्रमुख मियाँले यसअघि चैत२३ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न वैशाख २ सम्मको समय दिएका थिए।

त्यस क्रममा नागरिक उन्मुक्ति पार्टीका दुईजना प्रदेश सभा सदस्यले दाबी पेस हुन आए पनि दुवै दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको हुँदा पुनः आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी गरेको सूचनामा उल्लेख छ।

सूचनाअनुसार, प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई स्पष्ट दाबीसहित वैशाख ६ गते बेलुका ५:०० बजेभित्र पेस गर्न आह्वान गरेका छन्।

केन्द्रीय सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा दाबी गर्ने सहमति बनेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत