खेल

कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौँ। इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा राजस्थान रोयल्स (आरआर) ले कोलकाता नाइटराइडर्स (केकेआर) माथि २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानको जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पुरा गराउन महत्वपूर्ण भूमिका खेलेकाे हाे।

सुरुमा राजस्थानका कप्तान सञ्जु सैमसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि सुनिल नारायणको कीर्तिमानी शतकका अगाडि उनको यो निर्णय गलत सावित भएको थियो। कोलकाताका ओपनर सुनिल नारायणले ५६ बलमा १०९ रन बनाएर निर्धारित ओभरमा ६ विकेट गुमाएर २२३ रनको विशाल योगफल स्कोरवोर्डमा खडा गरेको थियो।

२२४ रनको लक्ष्यको जवाफमा राजस्थानले अन्तिम बलमा खेल जित्यो। जोस बटलरले १०७ अविजित रनको तुफानी पारि खेल्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए। केकेआरका ओपनर सुनिल नारायण र फिल साल्टले इनिङ्स सुरुवात गरेका थिए।

गाउँ सहर संवाददाता

तपाईँको मत