नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- गाउँ सहर संवाददाता
- ५ बैशाख बुधबार, २०८१ | १६:२०:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १४.८१ अंकले घटेर एक हजार ९ सय ९१ दशमलव ७१ विन्दुमा बन्द भएको हो । हिजो पनि नेप्से १६.८२ अंकले घटेको थियो ।
नेप्सेमा आज २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४२ वटाको बढेको छ भने २०० वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई स्क्रिप्टको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा एसबीएल डिभेञ्चर र गुराँस फाइनान्स रहेका छन् । यी कम्पनीको सेयर मूल्यमा आज क्रमशः सकारात्मक ९.९९ र ९.९६ प्रतिशतले बढेको छ ।
आज रुरु जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गुराँस फाइनान्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस