गाउँ सहर
सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ७ बैशाख शुक्रबार, २०८१ | ०८:५८:०० मा प्रकाशित
काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।
दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।
उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
प्रतिकृया दिनुहोस