दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, जितका लागि ११६ रन बनाउनुपर्ने
- गाउँ सहर संवाददाता
- १ असार शनिबार, २०८१ | ०६:४५:०० मा प्रकाशित
काठमाडाैं । स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन बनायो । जितका लागि नेपालले ११६ रन बनाउनुपर्नेछ ।
नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो । सुरुवात देखि नै रनरेटमा दबाब बनाएको नेपालका लागि स्पिनरहरुले सबै ६ विकेट निकालेका थिए । ६ मध्य ४ विकेट कुशल भुर्तेलले लिए भने दीपेन्द्र सिंह ऐरी ३ विकेट लिए ।
कप्तान रोहित कुमार पौडेलले दोस्रो ओभरमा नै दीपेन्द्र सिंह ऐरीलाई बलिङ अट्याकमा ल्याउँदै स्पिनबाट नै सुरुवात गराएका थिए । चौथो ओभरमा दीपेन्द्रले क्विन्टन डीककलाई कट एण्ड बोल्ड आउट गर्दै नेपालका लागि पहिलो सफलता दिलाए । डीककले ११ बल खेल्दै १० रन बनाए ।
दोस्रो विकेटका लागि नेपालले १२औं ओभर कुर्नु परेको थियो । तर नेपालले दबाब भने लगातार बनाइरहेको थियो ।
नेपालका लागि दोस्रो विकेट कुशल भुर्तेलले दिलाएका थिए । दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रम २२ बलमा १५ रन बनाएर इन्साइड एज सहित बोल्ड भएका थिए ।
१४औं ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । हेनरिक क्लासेन ५ बलमा ३ रन बनाएर करन केसीद्वारा क्याच आउट भएका थिए ।
१६औं ओभरमा दीपेन्द्रले नेपालका लागि चौथो विकेट लिए । क्रिजमा डटेर रहेका ओपनिङ ब्याटर रिजा हेन्ड्रीक्सलाई उनले कट एण्ड बोल्ड नै गराएका थिए । हेन्ड्रीक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।
अन्तिम ओभरमा विष्फोटक ब्याटिङका लागि चिनिएका डेविड मिलरलाई पनि दीपेन्द्रले आउट गरे । १८औं ओभरको तेस्रो बलमा मिलर १० बलमा ७ रन बनाएको अवस्थामा सन्दिप लामिछाने क्याच आउट भए ।
अन्तिम ओभरमा कुशल भुर्तेलले मार्को यानसनलाई लङ अनमा १ रन बनाएको अवस्थामा क्याच आउट गराए । अन्तिम बलमा कागीशो रबाडालाई उनले स्तम्प आउट गराए।
नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन मात्र खर्चिएर ३ विकेट लिए ।
सन्दिप लामिछानेले ४ ओभरमा विकेटविहिन रहेपनि १८ रन मात्र दिए । अविनाश बोहोराले ३ ओभरमा १९ रन मात्र दिए । कुशल मल्ले २ ओभरमा १७ रन दिए । एक ओभर मात्र बलिङ गरेका करन केसीले ९ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १ मेडन सहित ६ रन दिए।
दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।
अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।
दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस