प्रभु बैंकको एकैदिन चार शाखा सञ्चालन
- गाउँ सहर संवाददाता
- १५ श्रावण मंगलबार, २०८१ | ०८:००:०० मा प्रकाशित

काठमाडाैं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंक लिमिटेडले बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं.७, बोवाङ, निसीखोला गाउँपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे गरी ४ वटा शाखा कार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ।
उक्त शाखाहरुको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन्। कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनितिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।
आजदेखि सञ्चालनमा आएका बैंकका बोवाङ शाखा, निसी शाखा, खरबाङ शाखा, र भिमगिठे शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र तीन वटा गाउँपालिकको मात्र नभई देशको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंकले हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको छ। नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवाप्रवाहगरिरहेको प्रभु बैंकले अत्याधुनिकप्रविधिमार्फत गुणस्तरीय सेवाप्रवाहगर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस