शेयरबजारमा बन्याे हालसम्मकै काराेबार रकमकाे उच्च रेकर्ड
- गाउँ सहर संवाददाता
- १६ श्रावण बुधबार, २०८१ | १५:१६:०० मा प्रकाशित

काठमाडौं । शेयर बजारमा शेयर काराेबार रकमकाे उच्च रेकर्ड बनेकाे छ।
साताकाे चाैथाे दिन बुधबार हालसम्मकै उच्च काराेबार भएकाे छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।
अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो ।
आज नेप्से ६४.२५ अंकले बढेर दुई हजार ७ सय ६० दशमलब ९० विन्दुमा बन्द भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९१ वटाको बढेको छ भने ४४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्य ७.९२ प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ८४ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
- आज प्रतिनिधिसभाको बैठक बस्दै
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
प्रतिकृया दिनुहोस