पूर्वाधार

त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो ।

यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र ६ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् ।

प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत