एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- गाउँ सहर संवाददाता
- २२ असार आइतबार, २०८२ | ०७:२२:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ। निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो।
नेपालका लागि टाइब्रेकरमा गीता राना र सबिता रानामगरले गोल गरे। तर कप्तान सावित्रा भण्डारी साम्बा र गोलकिपर अञ्जना रानामगरको प्रहार असफल भएपछि नेपाल पराजित भयो ।
खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक प्रदर्शन गर्दै दोस्रो मिनेटमै पहिलो गोल गर्यो। त्यसपछि ११औं मिनेटमा उज्बेकिस्तानले आत्मघाती गोलको मद्दतले अग्रता दोब्बर बनायो। उज्बेक कप्तानको प्रहार डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।
नेपालका लागि २४औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गरिन् । डिबक्स बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार जाली चुम्दा स्कोर २–१ भएको थियो ।
तर ३८औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पायो, जब नेपाली डिफेन्डर सरस्वती हमालले ह्याण्ड गरिन्। सो अवसरमा शोएमोभले गोल गर्दै उज्बेकको अग्रता पुनः फराकिलो बनाइन्।
दोस्रो हाफमा १० खेलाडीमा सिमित उज्बेकिस्तानविरुद्ध नेपालले पुनरागमन गर्यो। उज्बेक खेलाडी इग्रासेभाले हाफको अन्त्यतिर सावित्रामाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन्।
७१औं मिनेटमा कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–२ मा ल्याइन्। त्यसको दुई मिनेटपछि नै उनले ह्याट्रिक पुरा गर्दै खेललाई ३–३ को बराबरीमा ल्याइन्। नेपालका लागि एतिहासिक पुनरागमनको सम्भावना देखिए पनि, टाइब्रेकरमा त्यो सपना अधुरै रह्यो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
प्रतिकृया दिनुहोस